प्रदेश समाचार

पर्साको जिराभवानीमा सर्पको डसाईले एकको मृत्यु

२९ जेष्ठ २०८१, मंगलवार १२:००

वीरगन्ज, २९ जेठ । पर्साको जिराभवानी गाउँपालिकामा विषालु सर्पको डसाईबाट एकजना युवकको मृत्यु भएको छ ।

वडा नम्बर एक भवानीपुरका रुपन भैया थारुको ३३ वर्षका छोरा महेश भैया थारुलाई हिजो साँझ विषालु सर्पले डसेको थियो । त्यसपछि उनलाई उपचारको लागी वीरगञ्जको नारायणी अस्पतालमा ल्याइएको थियो ।

उपचारको क्रममा सोमबार राति करिब ९ बजे उनको मृत्यु भएको बुवा रुपनले बताउनुभयो । बुवा रुपनका अनुसार मृतक महेश खेतमा काम गरिरहेका बेला सर्पले डसेको हो ।

गर्मी बढेसँगै ग्रामिण भेगमा सर्पको बिगबिगी बढेको छ । खेत खनजोत गर्दा पनि सर्पले टोक्ने खतरा रहेको हुँदा सतर्क रहन र सावधानी अपनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्