मधेस

स्रोत नखुलेको ६ लाख रकम सहित वीरगञ्जबाट एकजना पक्राउ

३० जेष्ठ २०८१, बुधबार १७:१४

वीरगञ्ज ,३० जेठ । सशस्त्र प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका वाड नं.१६ भन्सार मेनगेट ईलाकाबाट स्रोत नखुलेको रकम सहित एकजनालाई पक्राउ गरेको छ ।

प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटीएको टोलीले भारतको रक्सौलबाट वीरगञ्जतर्फ आउदै गरेका भारतको पूर्वी चम्पारणका अन्दाजी ३३ बर्षका राहुल कुमारलाई स्रोत नखुलेको ६ लाख नेपाली रूपैया सहित पक्राउ गरेको हो ।

भारतको रक्सोलबाट बिर.०६ एआर.९४११ नम्बरको मोटरसाइकलमा आएका राहुल कुमारलाई रोकेर जाँच गर्दा उनले लगाएको हेल्मेट भित्र लुकाई ल्याएको ६ लाख श्रोत नखुलेको नेपाली रुपैयाँ फेला परेको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले जानकारी दिनुभयो ।

नगद रूपैयाँ र मोटरसाइकल सहित नियन्त्रणमा लिएका राहुल कुमारलाई आवश्यक कारवाीको लागि बिरगंज भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी उपरीक्षक धिमालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्