मधेस

जगरनाथपुरबाट बरामद शवको सनाखत, दुवै जना बारा जिल्लाका

३१ जेष्ठ २०८१, बिहीबार १६:५०

वीरगञ्ज,३१ जेठ। जगरनाथपुरको ओरिया खोला किनारबाट बरामद दुई वटै शवको सनाखत भएको छ । गत मंगलबार जगरनाथपुरको वडा नम्बर १ पिडारी नजिकै ओरिया खोलामा गाडिएको अवस्थामा २ वटा शव फेला परेको थियो ।

प्रहरीले सोही दिन घटनास्थलको मुचुल्का गरी शव परिक्षणको लागी नारायणी अस्पतालमा पठाएको थियो । शव भेटेको दुई दिन पछि उनीहरुको पहिचान खुलेको छ ।
दुई वटै शव बाराका जिल्लाका रहेका प्रहरीले बताएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्