मधेस

सिँचाइ गर्न बनाइएको साइफनमा डुबेर पर्सामा एकजना नाबालकको गयो ज्यान

३२ जेष्ठ २०८१, शुक्रबार १७:३४

सेढवा,३२ जेठ । पर्साको जगरनाथपुर गाउँपालिकामा नुहाउने क्रममा डुबेर एकजना नाबालकको ज्यान गएको छ । गाउँपालिकामा सिँचाइ गर्न बनाइएको साइफनमा नुहाउने क्रममा डुबेर एकजना नाबालकको ज्यान गएको हो ।

गाउँपालिकाको वडा नम्बर १ पिडारीगुठीको पश्चिमपट्टी रहेको चमरी खोलाको साइफनमा डुबेर एकजना नाबालकको मृत्यु भएको हो । स्थानिय जग्गा राउत गद्दीको ८ वर्षीय छोरा अब्दुल कलाम गद्दीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक मोहनजंग बुढाथापाले जानकारी दिए ।

उनी आफ्नै गाउँका साथिहरुसँग नुहाउन गएको र नुहाउने क्रममा उनी डुबेपछि साथीहरूले गाउँमा हल्ला गरेका थिए । त्यसलगत्तै स्थानीय र प्रहरी पुग्दा गद्दीको मृत्यु भइसकेको प्रहरीले जनायो ।
मृतकको शव पोष्टमार्टमका लागि वीरगञ्जको नारायणी अस्पतालमा पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्