आर्थिक

गण्डकीको बजेट आकार ३२ अर्ब ९६ करोड (पूर्ण पाठसहित)

१ असार २०८१, शनिबार १८:४३

१ असार,काठमाडौं । गण्डकी प्रदेश सरकारका आर्थिक मामिलामन्त्री टकराज गुरुङले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि ३२ अर्ब ९६ करोड ८५ लाख रुपैयाँ बराबरको बजेट अनुमान पेश गरेका छन् । आज (शनिबार) प्रदेश सभा बैठकमा मन्त्री गुरुङले आगामी आर्थिक वर्षको आयव्यय विवरण पेश गरेका हुन् ।

अन्य प्रदेशमा झैं गण्डकीमा पनि चालू आर्थिक वर्षको तुलनामा आगामी बजेट आकार घटाइएको छ । चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले ३३ अर्ब ८२ करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो । आगामी आर्थिक वर्षको बजेट आकार भने ८५ करोड रुपैयाँले घटाइएको हो ।

मन्त्री गुरुङले चालुतर्फ १३ अर्ब १६ करोड (३९ प्रतिशत) र पुँजीगततर्फ १९ अर्ब ५१ करोड रुपैयाँ (कूल विनियोजनको ६० प्रतिशत) बजेट विनियोजन गरेका छन् । पर्यटन, कृषि, खानेपानीमा जोड दिँदै मन्त्री गुरुङले बजेटको अधिकांश हिस्सा पूर्वाधार विकास निम्ति छुट्याएका हुन् ।

कृषि क्षेत्रमा व्यवसायीकरण र रूपान्तरण नारा दिएको प्रदेश सरकारले उत्पादन र रोजगारीमा जोड दिइने जनाएको छ ।

बजेटको पूर्णपाठः

प्रतिक्रिया दिनुहोस्