आर्थिक

बागमती प्रदेश सरकारले ल्यायो ६४ अर्ब ५४ करोडको बजेट (पूर्ण पाठसहित)

१ असार २०८१, शनिबार २०:२४

१ असार,काठमाडौँ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रुपैयाँको बजेट ल्याएको छ ।

वाग्मती प्रदेश सभामा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले प्रस्तुत गरेको बजेटमा चालुतर्फ २६ अर्ब १० करोड १६ लाख ८२ हजार रुपैयाँ बजेट छुट्याइएको छ भने पुँजीगततर्फ ३६ अर्ब ९३ करोड ८७ लाख ४९ हजार रुपैयाँ छ । वित्तीय व्यवस्थातर्फ १ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको मन्त्री थपलियाले बताए । कुल बजेटमा चालुतर्फ ४०.४४ प्रतिशत, पुँजीगततर्फ ५७.२३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २.३२ प्रतिशत बजेट छुट्याएको छ ।

गत वर्ष वाग्मती प्रदेश सरकारले ६२ अर्ब र ७० करोड ९० लाख रुपैयाँको बजेट ल्याएको थियो । सरकारले शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको मन्त्री थपलियाले जानकारी दिए ।

हेर्नुहोस् बजेटको पूर्णपाठ

प्रतिक्रिया दिनुहोस्