आर्थिक

वीरगञ्ज महानगरले आगामी आर्थिक वर्षका लागि ल्यायो २ अर्ब ८९ करोड ४८ लाखको बजेट(पूर्ण पाठसहित)

८ असार २०८१, शनिबार १३:५४

८ असार,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि आज बजेट ल्याएको छ । महानगरले आफ्नो १५ औं नगरसभाबाट आगामी आर्थिक वर्ष ०८१/०८२ का लागि नगरसभामा करिब ३ करोडको हाराहारीमाा बजेट ल्याएको हो ।

वीरगञ्ज एक होटलमा आयोजित महानगरको १५ औँ नगरसभामार्फत उपमेयर इम्तेयाज आलमले आगामी आर्थिक वर्ष ०८१÷०८२ का लागि २ अर्ब ८९ करोड ४८ लाखको बजेट प्रस्तुत गरेका हुन ।

चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि महानगरपालिकाको बजेट ६२ करोडले कम बजेट ल्याएको छ । चालू आर्थिक वर्षमा महानगरको बजेट शंसोधितसहित ३ अर्ब ५१ करोड रहेको महानगरपालिका सचिवालयले जानकारी दिएको छ ।

नगर सभामा प्रस्तुत आगामि आर्थिक वर्षको बजेटमा चालु खर्चतर्फ २ अर्ब ४ करोड ६६ लाख अर्थात ७०.७ प्रतिशत राखिएको छ भने पुँजीगत खर्चतर्फ ८१ करोड १८ लाख ८ हजार अर्थात २८.१ प्रतिशत बजेट विनियोजन गरिएको छ ।
आगामी आर्थिक वर्षका लागि महानगरले खर्च व्यहोर्ने श्रोतहरूमध्ये आन्तरिक राजश्वबाट ७९ करोड ७५ लाख, संघीय अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब , २७ करोड ९० लाख लाख, संघीय राजश्व बाँडफाँटबाट २६ करोड ८० लाख रहेको छ ।

त्यसैगरी प्रदेश अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट ५ करोड ३५ लाख, प्रदेश राजश्व बाडफाँडबाट २ करोड २८ लाख र नगद मौज्दातबाट १० करोड खर्च व्यहोर्ने गरी बजेट व्यवस्थापन गरिएको उपमेयर आलमले भनेका थिए ।

बजेट प्रस्तुत गर्दै उपमेयर आलमले भने, ‘चालु आर्थिक वर्षमा समानीकरण अनुदान रकम अन्तिम त्रैमासिकको २५ पचिस प्रतिशत रोक्का छ, घरजग्गा रजिष्ट्रेशन आयस्रोतसमेत घटेको छ । यी समस्याहरुको कारणलले आगामी आर्थिक वर्षका लागि बजेटको आकार घटाउनु परेको हो ।

हेर्नुहोस् पूर्णपाठ

प्रतिक्रिया दिनुहोस्