प्रदेश समाचार

एसईईको नतिजा सार्वजनिक, दुई लाख ४२ हजार ९२ जना विद्यार्थी उत्तीर्ण

१३ असार २०८१, बिहीबार १०:५४

काठमाडौं, १३ असार । यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई० को नतिजा सार्वजनिक भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले पहिलो पटक ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ अनुसार एसईईको नतिजा सार्वजनिक गरेको हो ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले बोर्ड बैठकले निर्णय गरेसँगै रिजल्ट प्रकाशित गरिएको जानकारी दिए । यस वर्ष एसइईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिएको बताए ।

परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार परीक्षामा सहभागी भएका चार लाख ६४ हजार सात सय ८५ जनामध्ये ४७ दशमलव ८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
नियमिततर्फ दुई लाख ४२ हजार ९२ जना विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए । उत्तीर्ण भएकामध्ये एक सय ८६ जनाले ४ जिपीए ल्याएका छन् ।
परीक्षामा सहभागी भएकामध्ये ५२। १४ प्रतिशत परीक्षार्थीले ननग्रेड ९एनजी० ल्याएका छन् । उनीहरुले पुनः ग्रेड वृद्धि परीक्षामा सहभागी हुनुपर्नेछ ।

दुई सय २१ जनाको परीक्षा रद्द भएको उनले जानकारी दिए । परीक्षा नियन्त्रक पौडेलले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको जानकारी दिए।

गत चैत १५ गतेदेखि सुरु भएको एसइईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए ।

आफ्नो मोबाइलको म्यासेज बक्समा गइ 𝐒𝐄𝐄<space> 𝐒𝐲𝐦𝐛𝐨𝐥 𝐍𝐮𝐦𝐛𝐞𝐫  लेखि ३४९४९ मा 𝐒𝐌𝐒 पठाई 𝐒𝐄𝐄 २०८० को नतिजा हेर्न सक्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्