मधेस

पत्रकार महासंघको उम्मेदवार मनोनयन मिति सर्‍यो

१३ असार २०८१, बिहीबार १०:५९

काठमाडौं, १३ असार । असार १३ गते (आज)का लागि तोकिएको नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको निर्वाचनको उम्मेदवारी मनोनयनको मिति सरेको छ ।

मतदान असार २२ गते हुने गरि बिहीबार आज १३ गते मनोनयनको मिति तोकिएको थियो । केही आन्तरिक तयारी नपुगेको भन्दै निर्वाचन समितिले २ दिन पछि मिति सारेको हो । निर्वाचन समितिका अनुसार अब १५ गते मनोनयन हुनेछ ।

प्रदेश समितिका लागि भने १७ गते मनोनयन मिति राखिएको छ । मतदान भने जिल्ला, प्रदेश र केन्द्रको एकैदिन २२ गते गर्ने महासंघको तयारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्