मधेस

रामबनको बस्ती जोगाउन सम्पुर्ण दलहरू एकमत

१३ असार २०८१, बिहीबार १८:०६

१३ असार,वीरगञ्ज । वीरगञ्ज महानगर ३२ स्थित रामबनको ११० भन्दा बढी घरहरू रहेको बस्ती जोगाउन एकमत भएका छन । रामबनमा निर्माणाधीन चिडियाखाना बनाउन राम बनको बस्ती हटाउन जिल्ला बन कार्यालयले पन्ध्र दिने सूचना जारी गरे पछि आज पर्साका सम्पुर्ण राजनीतिक दलका नेताहरुले पर्साका प्रमुख जिल्ला अधिकारि लाई ज्ञापन बुझाउदै ति बस्ती जोगाउन एक मत भएका हुन ।

यस अघि सर्बदलिय टोलिले रामबनमा रहेको बस्तीको भ्रमण समेत गरेका थिए । भ्रमण पश्चात सर्बदलिय टोलिले बस्ती बचाएर पनि चिडियाखाना बनाउन सकिने देखिएकोले मानबबस्ती बचाएर बिकास निर्माण लाई अघि बढाउन अनुरोध गरिएको सर्बदलिय टोलीमा सम्मीलित रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका पर्सा जिल्ला संयोजक हरि पन्तले बताए ।

सर्बदलिय टोलि मा नेपाली काङ्ग्रेसका पर्सा जिल्ला सभापति जनार्दन सिङ्ग क्षेत्री , नेकपा एमाले अध्यक्ष डा बिश्वम्भर शर्मा , राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका संयोजक हरि पन्त ,जसपा पर्सा सचिब तब्रेज आलम नेकपा एसका मनोज चौधरी लागाएतका राजनीति दलका प्रतिनिधि हरुको उपस्थिति थियो ।

ज्ञापनपत्र बुझ्दै पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बस्ती बचाएर कमसेकम क्षतिमा समस्या समाधान गर्न पहल गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्