मधेस

पत्रकार महासंघ पर्सामा नेपाल प्रेस युनियन पर्सा शाखाले गर्‍यो अनिश्चितकालीन तालाबन्दी

१५ असार २०८१, शनिबार १२:१७

१५ असार,वीरगञ्ज । नेपाल प्रेस युनियन पर्सा शाखाले पत्रकार महासंघ पर्सामा तालाबन्दी गरेको छ । प्रेस युनियन केन्द्रीय समितिको निर्णय अनुसार प्रेस युनियन पर्साले आज विहान अनिश्चितकालका लागि पत्रकार महासंघ पर्सा शाखामा तालाबन्दी गरेको हो ।

पत्रकारहरुको सदस्यता विवाद समाधान नगरी विधानविपरीत पत्रकार महासंघ केन्द्रीय समितिले जबरजस्ती निर्वाचन गर्न खोजेपछि प्रेस युनियन पर्साले तालाबन्दी गरेको हो । प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहानको नेतृत्वमा गएको टोलीले विहान १०देखि अनिश्चितकालका लागि गेटमा ताल्चा लगाएको हो ।

ताल्चा लगाउँदै प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहानले सदस्यताा विवादमा पत्रकार महासंघको केन्द्रीय समितिबाट गम्भीर त्रुटि भएको बताए । उनले भने, ‘सदस्यता जस्तो विषयमा पत्रकार महासंघको केन्द्रीय कार्यालयबाट खेलाँँची गरिएको छ, मनपरी भइरहेको छ ।

क्रियाशीललाई सदस्यता दिनबाट बञ्चित गर्ने काम भएको छ, त्यसकारण विधानविपरीत भएका त्रुटिहरुलाई सुधार गर्न हाम्रो माग छ। त्रुति नसच्चयाएसम्म हामी आन्दोलनमै रहनेछौं ।’  तालाबन्दी कार्यक्रममा प्रेस युनियनका केन्द्रीय सदस्य श्रीराम रायमाझी, पर्सा उपाध्यक्षद्वय क्रान्ति साह, अली असगर देवान, सचिव इरफान अलीसहितका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

यसैबीच पत्रकार महासंघ केन्द्रीय समितिले विधानविपरीत सदस्यता वितरण गरेको भन्दै प्रेस मञ्च पर्साले पनि आज तालाबन्दी गरेको छ । प्रेस मञ्चकाा त्रिलोकी यादवको नेतृत्वमा पर्सा शाखामा तालाबन्दी भएको हो ।

प्रतिक्रिया दिनुहोस्