प्रदेश समाचार

कांग्रेस एमालेबीचको सहमति कांग्रेसको केन्द्रीय सम्पादन समितिबाट अनुमोदन

१९ असार २०८१, बुधबार १२:०७

वीरगन्ज, १९ असार । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले नयाँ सत्ता समीकरण बनाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको सहमतिलाई अनुमोदन गरेको छ।

पार्टी सभापति शेर बहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा बुधबार बिहान बसेको बैठकले उक्त सहमति अनुमोदन गरेको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभयो ।

त्यस्तै बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा दिएर मार्ग प्रसस्त गर्न समेत आग्रह गरेको महतले जानकारी दिनुभयो ।

प्रचण्ड नेतृत्वको सरकार परिवर्तन गरेर नयाँ सरकार बनाउने र संधिवान संशोधन गर्ने लगायतका विषयमा देउवा र ओलीबीच सोमबार मध्यरातमा सहमति भएको थियो ।

उक्त सहमति अनुसार सुरुमा एमाले अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्नुहुनेछ । भने त्यसपछि देउवाले चुनावसम्मै सरकारको नेतृत्व गर्नुहुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्