प्रदेश समाचार

क्याम्पस प्रमुख कुश्वाहाको हत्या आरोपमा थप एकजना पक्राउ

१९ असार २०८१, बुधबार १२:२३

असार, १९ बारा । बाराको कलैया स्थित रामराजा बहुमखी क्याम्पस प्रमुख हत्या प्रकरणमा थप एक जनालाई प्रहरीले पक्राउ परेको छ ।

पक्राउ पर्नेमा बारागढी गाउपालिका ४ पथरा टोल निवासी ५२ वर्षीय हरिन्द्र महरा चमार रहेका छन् । उनलाई क्याम्पस प्रमुख हरिभूषण कुशवाहाको हत्यामा प्रयोग गरिएको दुई थान पेस्तोल र एक थान गोलीसहित प्रहरीले पक्राउ गरेको हो ।

चमार पक्राउ परेसँगै घटनामा पक्राउ पर्नेको संख्या ८ पुगेको छ । यसअघि प्रहरीले क्याम्पस प्रमुख कुशवाहको हत्या अभियोगमा ७ जनालाई पक्राउ गरेको थियो ।

उनीहरुमाथि कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ । घटना अनुसन्धानको क्रममा चमारले आफ्नो घर भन्दा करिव दुई सय मिटर टाँढा रहेको बारीमा दुई थान पेस्तोल र एक थान गोली राखेको प्रहीले फेला पारेको बाराका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

त्यसबेला प्रहरीले घटनामा प्रयोग गरिएका तीनवटा मोटरसाइकल, ६ राउन्ड गोली, मोबाइल, ल्यापटप, नेपाली तथा भारतीय सिम बरामद गरेको थियो ।

उनीहरूमाथि हातहतियार खरखजाना सम्बन्धी मुद्दा अन्तर्गत बारा जिल्ला अदालतबाट मंगलबारबाट लागू हुने गरी ६ दिनको म्याद थप लिएर अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता न्यौपानेले जानकारी दिए ।

तर यस घटनाका मुख्य अभियुक्त भने अझै फरार छन् । गत जेष्ठ ३२ मा बाराको आदर्शकोतवाल गाउपालिका २ खजुरीया निवासी रामराजा क्याम्पसका तत्कालीन क्याम्पस प्रमुख ४० वर्षीय हरि भुषण प्रसाद कुशवाहाको गोलि हानी हत्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस्