मधेस

पर्सामा २३ कार्टुन कुखुराको चल्ला नष्ट

१९ असार २०८१, बुधबार १७:५७

वीरगञ्ज ,१९ असार । सशस्त्र प्रहरी पर्साले २३ कार्टुन चल्ला बरामद गरी नष्ट पारेको छ । सशस्त्र प्रहरीको बिओपी अमरपट्टीबाट खटिएको टोलीले विन्दवासिनी गाउँपालिका वडा नम्बर ४ ईटियाहि चोकबाट भन्सार छलीका कुखुराका चल्ला बरामद गरेको थियो ।

भारतबाट अवैध रुपले मोटरसाइकलमा ल्याउँदै गरेको अवस्थामा २ लाख ३० हजार मूल्य बराबरका २ हजार ३०० गोटा बोइलर कुखुराको चल्ला बरामद गरेको सशस्त्र प्रहरी पर्साका प्रहरी नायब उपरिक्षक देवेन्द्र सिंहले जानकारी दिए । बरामद कुखुरा बिओपी अमरपट्टीको चौरमा नेपाल प्रहरी, सञ्चारकर्मी, पशु क्वारेन्टाइन र भद्रभलादमीको रोहवरमा खाल्डोमा पुरेर नष्ट पारेको उनले बताए ।

यस्तै नियन्त्रणमा लिएको मोटरसाइकलको मूल्यांकन १ लाख २५ हजार रुपैँया कायम गरी आवश्यक कारवाहीका लागि वीरगन्ज भन्सार कार्यालयको जिम्मा लगाएको सशस्त्र प्रहरी पर्साले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्