प्रदेश समाचार

देशका १८ जिल्ला र त्यस आसपास बाढीको जोखिम

२० असार २०८१, बिहीबार १०:५६

वीरगन्ज, २० असार । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज देशका १८ जिल्ला र त्यस आसपास बाढीको जोखिम रहेकाले त्यस क्षेत्रका बासिन्दालाई होसियार अपनाउन सुझाव दिएको छ।

बाढी महाशाखाका अनुसार आज दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, धादिङ, गोरखा, लमजुङ, कास्की र आसपासका जिल्ला भई बहने अधिकांश ससाना नदीहरूमा बहाव बढ्ने तथा केही ससाना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम छ।

यसैगरी इलाम, झापा, भोजपुर, पर्वत, जाजरकोट, दैलेख, बर्दिया, कैलाली, कालिकोट, अछाम, डोटी र आसपासका जिल्ला भई बहने ससाना नदीहरूमा बहाव बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

हेर्नुहोस मौसम पूर्वानुमान महाशाखाको विवरण :

प्रतिक्रिया दिनुहोस्