प्रदेश समाचार

प्रधानमन्त्रीले विश्वासको मत लिने भएपछि रास्वपाका मन्त्रीहरुको राजिनामा रोकियो

२० असार २०८१, बिहीबार ११:२४

काठमाडौं, २० असार। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाला ‘प्रचण्ड’लाई भेटेपछि राजीनामा नदिई फर्किएका छन् ।

सरकारमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री, उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री रहेका छन् ।

राजीनामा दिने तयारीका साथ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका मन्त्रीहरू प्रचण्डसँगको छलफल पछि राजीनामा नदिएर फर्किएका हुन् ।

नेकपा एमालेले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग गठबन्धन गरेपछि सरकार अल्पमतमा परेको छ ।

बुधबार नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै मन्त्रीहरुले पनि सामूहिक राजीनामा बुझाएका थिए ।

प्रधानमन्त्री प्रचण्डले आफूले संसदबाट विश्वासको मत लिने र सहयोग गर्न भनेपछि राजीनामा नदिने भएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्