प्रदेश समाचार

नौ लाख बराबरको कुखुराको चल्ला बरामद गरी नष्ट

२१ असार २०८१, शुक्रबार ११:४०

वीरगन्ज, २१ असार । सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हेडक्वाटर पर्साले ठूलो मात्रामा प्रतिबन्धित भारतीय कुखुराको चल्ला बरामद गरी नष्ट गरेको छ । ।

पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर–२ पानी ट्याङकीबाट नौ लाख मूल्य बराबरको प्रतिबन्धित भारतीय कुखुराको चल्ला बरामद गरी नष्ट गरेको हो ।

बीआर २२ एच ६८१७, ना ५३ प ७७६१, बा ३६ प ७२७३ नम्बरको माटेरसाईकलमा लोड गरी नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा पाँच लाख २० हजार मूल्य बराबरको ५२ कार्टुनमा रहेको ५ हजार २ सय कुखुराको चल्ला बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका प्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक देवेन्द्र सिंहले जानकारी दिनुभयो ।

उहाँका अनुसार ३ वटा मोटरसाईकल र चल्ला सहित भारतको बिहार पूर्वी चम्पारण जिल्ला नुनियाडी ग्राम पंचायत–८ महादेवा बस्ने अन्दाजी बर्ष ३८ को सुरेश यादबलाई पनिनियन्त्रणमा लिएको छ ।

बोर्डर आउटपोष्ट अमरपट्टीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले विन्दवासिनी गाउँपालिका–४ ईटियाहीबाट भारतबाट अबैध रुपमा नेपाल भित्र्याएको ३८ कार्टुनमा रहेको ३ हजार ८ सय मूल्य बराबरको ३ हजार ८ सय चल्ला बरामद गरेको छ ।

बीआर ० ५ भी ०४४१ र बीआर ०५ एल २५९६ नम्बरको दुईवटा मोटरसाईकलमा लोड गरी नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा प्रतिबन्धित बोईलर कुखुराको चल्ला र मोटरसाईकल सहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायव उपरीक्षक सिंहले बताउनुभयो ।

नियन्त्रणमा लिईएको चल्लाहरु सशस्त्र प्रहरी नम्बर १३ गण हेडक्वाटर र बोर्डर आउटपोष्टको कम्पाउण्ड भित्र नष्ट गरेको र मान्छे सहित मोटरसाईकललाई भने आवश्यक कारवाहीको लागि बिरगंज भन्सार कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्