प्रदेश समाचार

असार २३ र २४ गते वीरगन्जमा माछामासु र मदिरा बन्द

२१ असार २०८१, शुक्रबार १४:५०

वीरगन्ज, २१ असार । वीरगन्ज महानगरपालिकाले असार २३ र २४ गते वीरगन्ज महानगरक्षेत्र भित्र मदिरा, माछामासु निषेध गरेको छ ।

माईस्थान मन्दिरको १२ औं बार्षिकोत्सवको अवसरमा हुन लागेको गहवामाई रथयात्राको दिन असार २३ र २४ गते मदिरा तथा माछामासु विक्री वितरण बन्द गर्न रोक लगाएको हो ।

साथै पशुपंक्षी काटमार गर्न र बिक्री वितरण गर्न समेत महानगरपालिकाले सार्वजनिक सूचना मार्फत रोक लगाएको छ ।

असार २३ गते गहवामाई मन्दिरको रथयात्रा निकालिने तयारी गरिएको छ । रथयात्रामा सहभागी हुन महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले सबैलाई आह्वान गर्नुभएको छ ।

असार २३ गते महानगर क्षेत्रभित्र पर्ने सबै शैक्षिक संस्था पनि बन्द गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्