मधेस

रेडबुकमा पुनर्लेखनको माग गर्दै विपक्षी दलले गर्‍यो सदनको बैठक अवरोध

२१ असार २०८१, शुक्रबार १४:३३

वीरगञ्ज ,२१ असार। आगामी आर्थिक वर्षको बजेटमाथि छलफल गर्नको लागि बोलाइएको मधेश प्रदेश सभामा सदनको बैठक विपक्षी दलहरुले अवरोध गरेका छन् । आगामी आर्थिक वर्षका ०८१/०८२ को बजेटमाथि छलफल गर्नका लागि बोलाइएको बैठकमा बजेट पुनर्लेखनको माग गर्दै विपक्षी दलहरुले सदनको बैठकमा विरोध जनाएका हुन ।

आगामी आर्थिक वर्षको लागि जारी गरिएको रेडबुकमा नै पुनर्लेखनको माग गर्दै ४ विपक्षी दलले सदनको बैठकमा अवरोध जनाएपछि बैठक स्थगित गरिएको छ ।  विपक्षी दलहरु कांग्रेस, जसपा, लोसपा र राप्रपाले आगामी आर्थिक वर्षको बजेटमा संशोधनको माग गर्दै विरोध गर्न थालेपछि प्रदेश सभामुखले बैठक स्थगनको सूचना दिएका थिए ।

सभामुख रामचन्द्र मण्डलले १० मिनेटको लागि सदनको बैठक स्थगित भएको सूचना सुनाएका थिए । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४३ अर्ब भन्दा बढीको बजेट ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्