मधेस

मधेस प्रदेश : सरकारबाट ६ मन्त्रीलाई बर्खास्त

२२ असार २०८१, शनिबार १४:००

वीरगञ्ज,२२ असार । मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले ६ जना मन्त्रीलाई बर्खास्त गरेका छन् । केन्द्रमा सत्ता परिवर्तनको प्रभाव मधेश प्रदेशमा परेको छ । त्यही सत्ता परिवर्तनको कारण मुख्यमन्त्री सिंहले आज चार दलका ६ जना मन्त्रीलाई बर्खास्त गरेका हुन् ।

मधेशका मुख्यमन्त्री सिंहले आज माओवदीका २, एकीकृत समाजवादीका २ र साना दलबाट बनेका २ जना मन्त्रीलाई बर्खास्त गरेका हुन्। मुख्यमन्त्री सिंहले उक्त बर्खास्तीको पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाएका छन् ।
केन्द्रमा भएको सत्ता उलटपलका कारण प्रदेशबाट माओवादी, एकीकृत समाजवादी र २ साना दलका मन्त्रीहरुलाई मुख्यमन्त्री सिंहले हटाएका हुन्।

मुख्यमन्त्री सिंहले माओवादीका अर्थमन्त्री भरत साह, उद्योग मन्त्री युवराज भट्टराइ, र एकीकृत समाजवादीका भूमि व्यवस्था मन्त्री गोविन्द न्यौपाने तथा उर्जा मन्त्री बेची लुङ्गेली हटाएका छन् भने नागरिक उन्मुक्ति पार्टीका श्रम मन्त्री उर्मिला सिंह र नेपाल संघीय समाजवादीका गृह तथा सञ्चार मन्त्री विमला अन्सारीलाई आज हटाएका हुन् ।

मुख्यमन्त्री सिंहले बर्खास्त गरेका मन्त्रालयहरु आजै कांग्रेस र लोसपालाइ दिने तयारी भइरहेको स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्