मधेस

वीरगञ्जबाट लागु औषध, किराना सामान तथा स्कार्पियोसहित एकजना पक्राउ

२४ असार २०८१, सोमबार १३:०१

वीरगञ्ज २४ असार। सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्ज भन्सारले लागूऔषध, किराना सामान र स्कार्पियो सहित एकजनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरीको टोलीले वीरगन्ज महानगरपालिका वडा नम्बर–१६ भन्सार मेनगेटबाट रक्सौलबाट वीरगंजतर्फ आउदै गरेको वीरगञ्ज–२ छपकैंया बस्ने १७ वर्षका कुशल सिंह क्षेत्रीलाई प्रतिबन्धित लागूऔषध सहित पक्राउ गरेको हो ।

भारतको रक्सोलबाट वीरगन्जतर्फ आउदै गरेका सिंहमाथि शंका लागेर सशस्त्र प्रहरीले चेकजाँच गर्ने क्रम्मा उनको साथवाट प्रतिबन्धित लागुऔषध ट्रामानिल ५० एमजीको ३०२ पत्ता (३०२० ट्याब्लेट) फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । लागुऔषध सहित नियन्त्रणमा लिईएको सिंहलाई आवश्यक कारवाहिकको लागि प्रहरी चौकी ईनरुवामा बुझाएको छ ।

त्यस्तै आईतबार नै सोही गुल्मबाट खटिएको टोलीले चेकप्वाईन्टको ५० मिटर उत्तर स्थित सडकमा पार्किङ्ग गरि राखेको बीआर ०१ पीए ७१६२ नम्बरको भारतीय स्कार्पियो पनि नियन्त्रणमा लिएको छ । चेकजाँच गर्दा गाडिभित्र २१ गते सम्मको मात्र प्रज्ञापनपत्र रहेको पाईएकोले नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।

त्यसैगरी भारतबाट अबैध रुपमा भन्सार छलि बिभिन्न सार्वजनिक सवारी साधनमा राखि बिरगंजतर्फ ल्याउदै गरेको ४७ हजार ६३० मूल्य बराबरको किराना सामान र नेपालबाट भन्सार छलि भारततर्फ लैजादै गरेको १४ हजार ८५० मूल्य बराबरको कस्तुरी र एम्बिशन मदिरा गरि ६२ हजार ४८० मूल्य बराबरको सामानहरु नियन्त्रणमा लिई भन्सार दाखिला गरेको सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वाटर वीरगन्ज पर्साले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्