मधेस

करिब २ करोड मूल्यका बराबरको भन्सार छलीको सामानसहित दुईटा ट्रक पर्साबाट पक्राउ

२४ असार २०८१, सोमबार १६:४९

वीरगञ्ज ,२४ असार। पर्सा प्रहरीले झण्डै २ करोड मूल्यका भन्सार छलीका सामान लोड रहेको आशंका दुई वटा नियन्त्रणमा लिएको छ ।

प्रहरीले एक करोड ८९ लाख ५० हजार ६२२ मूल्य बराबरका भन्सार छलीका सामान लोड रहेको आशंकामा ट्रकहरु नियन्त्रणमा लिएको हो । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले ना ६ ख ४०५८ र ना ३ ख १८७ नम्बरको दुईटा मालवाहक ट्रकहरु बरामद गरेको प्रहरीले जनाएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ आइसीपी गेटस्थितबाट हार्डवेयर तथा मोटरपार्टसका सामानहरू लोड रहेका ट्रकहरु नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक भारतीले बताए ।

बरामद साहानसहित ट्रकहरु आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्