समाचार

उत्तर प्रदेशमा भएको दुर्घटनामा १८ जनाको मृत्यु, १९ जना घाइते

२६ असार २०८१, बुधबार १२:०१

काठमाडौँ,२६ असार । भारतको उत्तर प्रदेश राज्यमा पर्ने उन्नाव नजिकै सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु घएको छ । घटनामा १९ जना घाइते भएका छन् । आगराबाट लखनऊतर्फ जाँदै गरेको यात्रुवाहक बस दूध बोकेको ट्यांकरसँग ठोक्किँदा दुर्घटना भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

स्थानीय प्रहरीका अनुसार ओभरटेक गरिरहेको बसलाई ट्याङ्करले ठक्कर दिएको थियो । समाचार एजेन्सी पीटीआईले स्लीपर बस बिहारको सीतामढीबाट दिल्ली जाँदै थियो ।

दुर्घटनामा घाइते भएकाहरूलाई उन्नावको बांगरमऊ सीएचसीमा उपचारका लागि लगिएको छ । गम्भीर रूपमा घाइते भएका केही यात्रुलाई लखनऊ रिफर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्