मधेस

दुईजना महिलाको अवस्था गम्भिर,वीरगञ्जमा उपचार जारी

२७ असार २०८१, बिहीबार १७:४४

वीरगञ्ज २७ असार। बाराको पसाहा पुल नजिकै भएको बस दुर्घटनामा गम्भिर घाइते महिलाको सङख्या दुईजना पुगेको छ । दुर्घटनामा रौतहटको वृन्दावन नगरपालिका संझा देवीको अवस्था गम्भिर रहेकोमा पछिल्लो क्रममा यो सङख्या दुईजना पुगेको हो ।

दुर्घटनामा घाइते बाराको निजगढ नगरपालिका निवासी पुजा स्याङबोको अवस्था समेत अहिले गम्भिर बनेको प्रहरीले जनाएको छ । उनीहरुको हात, खुट्टा र छातीमा चोटपटक लागेको प्रहरीले जनाएको छ । उनीहरुको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी दधिराम न्यौपानेले जानकारी दिए ।

मलंगवाबाट बीरगञ्जतर्फ आउँदै गरेको ना ४ ख ७१९४ नम्बरको बस आज बिहान अनियन्त्रित भइ पल्टिँदा १४ जना घाइते भएका थिए । भारी वर्षा भइरहेको समयमा तीव्र गतिमा रहेको बसले ओभरटेक गर्न खोज्दा पल्टिन पुगेको डिएसपी न्यौपानेले बताए ।

्दुर्घटनामा घाइते अन्यको अवस्था भने सामान्य रहेको र सिमरास्थित विभिन्न अस्पतालहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यसैबिच प्रहरीले बसका चालक सर्लाहीको मलंगवा–९ बस्ने ४५ वर्षीय जयनारायण महतो र सहचालक मलंगवा– १० बस्ने २८ वर्षीय राकेशकुमार साहलाई पक्राउ गरेको जनायो ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले बताउँछ ।

प्रतिक्रिया दिनुहोस्