समाचार

नारायणीमा भेटिएको शव सिमलतालबाट हराएको गणपति डिलक्स बसका यात्रु भएको पुष्टि

२९ असार २०८१, शनिबार १७:००

२९ असार, भरतपुर (चितवन) । जिल्लाको भरतपुर महानगरपालिका–२८ स्थित नारायण नदी किनारमा फेला परेको शव सिमलतालमा पहिरोले बगाएको बसको यात्रुको भएको पुष्टि भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक भेषराज रिजालले उक्त शव बेपत्ता गणपति डिलक्सका यात्रुको रहेको पुष्टि भएको जानकारी दिए ।

नदी किनारमा घोप्टो परेको अवस्थामा आज बिहान शव भेटिएको थियो । शवको साथमा केही कागजात पनि भेटिएकाले प्राप्त कागजातको आधारमा शव भारतीय नागरिक ऋषिपल साहको रहेको पुष्टि भएको छ’, प्रहरी नायब उपरीक्षक रिजालले भने । उनका अनुसार अहिले शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

साह नेपालमा बसेर काम गर्दै आएका ऋषिका दाई सत्यपाल साहले बताए । सत्यपालले शनिबार बिहान फेला परेको शव भाई ऋषिपलको रहेको पुष्टि गरे ।रासस

प्रतिक्रिया दिनुहोस्