बारा ,२८ असार । जिल्ला अदालत बाराले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ जीतपुरका वडा अध्यक्ष सुनिल गुप्ता सहित ६ जनालाई एक महिना कैदको फैसला सुनाएको छ ।
अपराधिक उपद्रव मुदामा वडा अध्यक्ष गुप्ता सहित ६ जनालाई एक महिना कैद र जनही एक हजार जरिवाना भएको छ । वडा अध्यक्ष गुप्ताले डोजर लगाई समाजसेवी तथा स्थानीय तहको निर्वाचनमा आफना प्रमुख प्रतिद्धन्दी रहेका राजुराज गिरीको घर अगाडिको सार्बजनिक बाटो डोजर ल्याई खनी क्षती पुरयाएका थिए ।
राजुराज गिरीको तर्फबाट वादी नेपाल सरकार रहेको मुद्धामा वडा अध्यक्ष गुप्ता ,नगर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष मनोज गुप्ता ,सुनिल साह कानु भनिने सुनिल साह ,वडा अध्यक्षका दाई अनिल गुप्ता , वडा अध्यक्षसँग रहने सुरेश राउत अहिर भनिने सुरेश यादब र वडा कार्यालयमा कार्यरत रामजी साह रहेका छन् ।
मुलुकि अपराध संहिता ,२०७४ को दफा २७५(१)र (२((ख)बमोजिमको कसुर गरेको ठहर बारा जिल्ला अदालतका न्यायधीश तारादेबी महर्जनले असार १९ गते गर्नुभएको थियो । असार २८ गते शुक्रबारको फैसलाले वडा अध्यक्ष गुप्ता सहित ६ जनालाई जनही १ महिना कैद र रु १ हजार जरिवाना गरेको हो ।