आर्थिक

पर्साका १२ र बाराका ५ स्थानीय तहले ल्याएनन् बजेट

३० असार २०८१, आईतवार १५:०२

वीरगञ्ज,३० असार । आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि पर्साको १२ र बाराका ५ पालिकाले बजेट ल्याएका छैनन् । पर्साको १४ मध्ये १२ पालिकाले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न सकेको छैन । भने २ वटा स्थानीय तहले मात्रै बजेट ल्याउन सकेको छ ।

जिल्लाको पर्सागढी नगरपालिका र छिपहरमाइ गाउँपालिकाको बजेट मात्रै सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयको वेबसाइटमा प्रविष्ट भएको छ ।

जिल्लाको वीरगञ्ज महानगरपालिका, पोखरिया नगरपालिका, जगरनााथपुर गाउँपालिका, धोबिनी गाउँपालिका, पकाहामैनपुर गाउँपालिका, पटेर्वासुगौली गाउँपालिका, बहुदरमाइ नगरपालिका, बिन्दवासिनी गाउँपालिका, सखुवाप्रसौनी गाउँपालिका, ठोरी गाउँपालिका, कालिकामाइ गाउँपालिका र जिराभवानी गाउँपालिकाले समयमा बजेट ल्याउन सकेको छैन ।

धोबिनी गाउँपालिकाका अध्यक्ष मदन प्रसाद चौहानले राजनीतिक विवादकै कारण बजेट नआएको बताउदै भने ‘हामीले अहिलेसम्म धोबिनी गाउँपालिकाको गाउँसभा गरेका छैनौँ । बजेटमा सहमति जुटाउन राजनीतिक छलफल गरिरहेका छौँ । सहमति बनेपछि मात्रै नीतितथाकार्यक्रम प्रस्तुत गरेर बजेट पास गर्ने तयारीमा छौँ ।’

यस्तै बाराका ५ स्थानीय तहले पनि आगामी आर्थिक वर्षको बजेट ल्याउन सकेका छैनन् । १६ स्थानीय तह रहेको बाराका ११ स्थानीय तहले मात्र नगरसभा सम्पन्न गरेका हुन् ।

आन्तरिक तयारी पूरा नगरेको भन्दै बाराको सिम्रौनगढ नगरपालिकाले पनि बजेट ल्याउन सकेन । त्यसैगरी, आदर्श कोतवाल गाउँपालिका नगरपालिका, सुवर्णपुर गाउँपालिका, विश्रामपुर गाउँपालिकाले समेत नगरसभा सम्पन्न गर्न सकेनन् ।

प्रतिक्रिया दिनुहोस्