समाचार

सिमलताल दुर्घटना अपडेट गोलाघाट र गैँडाकोटमा भेटिएका दुई शवको सनाखत

३० असार २०८१, आईतवार १६:२५

काठमाडौँ ३० असार । चितवनको भरतपुर नगरपालिका–२८ स्थित गोलाघाट र नवलपरासी पूर्वस्थित गैँडाकोटमा भेटिएको शवको सनाखत भएको छ । गोलाघाटमा भेटिएको शव भारत बिहार घर भएका ३७ वर्षीय जयप्रकाश ठाकुरको पुष्टि भएको छ ।

जय प्रकाशका दाजु ओमप्रकाशले उनको सनाखत गरेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले रातोपाटीलाई बताए । ठाकुर बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्समा सवार थिए ।
गैँडाकोट नगरपालिका–७ मा भेटिएको शव भारत बेतियास्थित मझेलिया थान घर भएका ३० वर्षीय सजाद अन्सारीको रहेको खुलेको छ । उनका दाजु मेराज हुसेनले सनाखत गरेका हुन् ।

उनी बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्समा सवार थिए । शनिवार भेटिएको ३ वटा शव पोस्टमार्टम पनि आफन्तले बुझेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्