राजनीति

प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनीयताको शपथ

३१ असार २०८१, सोमबार १२:२४

काठमाडौं, ३१ असार । प्रधानमन्त्री केपी ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सोमबार अपरान्ह शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्री पदको शपथ ग्रहण गराएका हुन् ।

ओलीलाई राष्ट्रपति पौडेलले आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए । नेपाली कांग्रेससहितको समर्थनमा संविधानको धारा ७६ (२) अनुसार ओली प्रधानमन्त्री नियुक्त भएका हुन् ।
ओली चौथोपटक प्रधानमन्त्री बनेका हुन् ।

यसअघि २०७२, २०७४ र २०७८ मा गरी ओली तीनपटक प्रधानमन्त्री बनेका थिए ।सरकारमा एमालेबाट विष्णु पौडेल अर्थ, पृथ्वीसुब्बा गुरुङ सूचना प्रविधि तथा संचार, विद्या भट्टराई शिक्षा, देवेन्द्र दाहाल भौतिक पूर्वाधार, दामोदर भण्डारी उद्योग वाणिज्य, बलराम अधिकारी भूमि व्यवस्था, राजकुमार गुप्ता संघीय मामिला र रक्षा मन्त्रीमा मानवीर राईले शपथ लिँदैछन् ।

कांग्रेसबाट नेतृत्व गरेर प्रकाशमान सिंह शहरी विकास मन्त्रालयको नेतृत्वमा गएका छन् । कांग्रेसबाट गृहमा रमेश लेखक र परराष्ट्रमा आरजु राणा देउवा मन्त्री बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्