मधेस

पर्सा प्रहरीद्वारा पटेर्वा सुगौली गाउँपालिकाबाट २० किलो चरेस बरामद

१ श्रावण २०८१, मंगलवार १४:०२

१ साउन,वीरगञ्ज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ देउरियामा बोराभित्र राखिएको अवस्थामा २० किलोग्राम चरेस बरामद भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार करिब २० किलोग्राम लागु औषध चरेस गएराति बरामद गरेको हो । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको टोलीले गस्ती गर्ने क्रममा हनुमान मन्दिरको छेउमा बोराभित्र रहेको चरेस बरामद गरेको प्रहरी निरीक्षक मोहन बुढा थापाले बताए ।

उहाँका अनुसार चरेस लिएर आउदै गरेको सूचना पाएपछि गस्तीमै रहेको प्रहरी खेतको बाटो गईरहेको अवस्थामा चरेस बोक्ने व्यक्ति आईरहेको र प्रहरीलाई देखेपछि चरेस छोडेर भागेका छन् ।

खेतको आलीमा प्रहरी लुकेर बसेको भन्ने सुईको चरेस तस्करले थाहा पाएपछि चरेस फालेर फरार भएको प्रहरीले बताएको छ । बरामद चरेसको ओसारपसारमा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्