प्रदेश समाचार

वीरगन्ज कलेजमा विद्यार्थी सुजितको श्रद्धाञ्जली सभा

२ श्रावण २०८१, बुधबार ११:४४

वीरगन्ज । वीरगञ्ज कलेजले आफ्ना विद्यार्थी सुजित कुमारको श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । बहुदरमाई रामनगरीका सुजित कुमारको गत असार २८ गते चितवनको सिमलतालको पहिरोमा बगाएको बस त्रिसुलीमामा बेपत्ता भएका थिए ।

अहिलेसम्म शव फेला नपरेछि परिवारले कुशको शव बनाई उनको मंगलबार दाहसंस्कार गरिसकेकोले कलेजले बुधबार श्रद्धाञ्जली सभाको आयोजना गरेको हो ।

२०६३ साल साउन २६ गते जन्मिएका उनी कक्षा १२ को परीक्षा दिएर बसेका उनी प्रहरी सहायक निरीक्षकको दोश्रो पत्रको परीक्षाका लागि काठमाडौं गएका थिए । वीरगन्जबाट काठमाडौं जाने एञ्जल डिलक्समा उनी सहित २४ जना यात्रु अझै बेपत्ता छन् ।

दुखद घटनामा कलेजका विद्यार्थी सुजित पनि परेको खबरले कलेज परिवारलाई स्तब्ध पारेको भन्दै कलेज सञ्चालक समितिका अध्यक्ष डा.दिपेन्द्र कुमार चौधरीले यस्तो घटना कसैमाथि नहोस भन्ने कामना गर्दै सुजितप्रति श्रद्धाञ्जली व्यक्त गरे ।

क्याम्पस प्रमुख विनोद गुप्ताले कलेजले एक अनुशासित र असल विद्यार्थी गुमाउनु परेको असह्य पीडा भएको बताए । श्रद्धाञ्जली सभामा कलेजका शिक्षक, विद्यार्थी लगायत सञ्चारकर्मीहरूको पनि उपस्थिति थियो ।

यसैबीच आजै साँझ ६ः३० बजे घण्टाघरमा उनको स्मृतिमा दीप प्रज्जवलन गरिने कलेका प्रशासन प्रमुख सरोज चौधरीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्