समाचार

ओमानको समुन्द्रमा तेल ट्याङ्कर पल्टिँदा १३ भारतीय र ३ श्रीलंकाली बेपत्ता

२ श्रावण २०८१, बुधबार १२:५८

काठमाडौं, २ साउन । जुलाई १५ मा एक तेल ट्याङ्कर जहाज ओमान नजिकैको समुन्द्रमा पल्टिएको थियो । जहाजमा अफ्रिकी देश कोमोरोसको झण्डा थियो ।

ओमानको सामुद्रिक सुरक्षा केन्द्रले सामाजिक सञ्जाल ‘एक्स’ मा जहाज पल्टिएको जानकारी दिएको छ ।

सामुद्रिक सुरक्षा केन्द्रका अनुसार जहाज डुबेको जानकारी प्राप्त हुनासाथ खोजी तथा उद्धार कार्य सुरु गरिएको थियो । जहाज पल्टिएपछि जहाजमा रहेका १६ सदस्यीय चालक दल बेपत्ता छन् ।

यो जहाजको नाम ‘प्रेस्टिज फाल्कन’ हो। जहाजमा रहेका १६ सदस्यीय चालक दलमध्ये १३ भारतीय नागरिक र तीन जना श्रीलंकाका छन् ।

 

प्रतिक्रिया दिनुहोस्