मधेस

ज्यान मुद्दामा फरार मियाँ पक्राउ

२ श्रावण २०८१, बुधबार १३:२६

वीरगञ्ज ,२ साउन। ज्यान सम्बन्धी कसुर मुद्दामा फरार रहेका एक अभियुक्तलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

कर्तव्य ज्यान (ज्यान सम्बन्धी कसूर ) मुद्दामा संलग्न रही हाल सम्म फरार रहेका पर्साको पकहामैनपुर गाउँपालिका वडा नं.४ बस्ने बर्ष ४० को समसोदिन मियाँलाई प्रहरीले हिजो पक्राउ गरेको हो ।

मियाँले २०७६ असोज १९ गते साँझ पकहामैनपुर गाउँपालिका वडा नं.४ धोविया टोल स्थित नसुरदिन मियाको घरमा सोरियम खातुनलाई कुटपिट गरी हत्या गरेको अभियोगमा दोषी ठहर गरेको थियो । अदालतको फैसलामा दोषी ठहर भएपछि फरार रहेका मियाँ लुकीछिपी बस्दै आएको अवस्थामा उनको गाउँघरबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पक्राउ परेका ज्यान सम्बन्धी कसूर मुद्दामा सम्मानित पर्सा जिल्ला अदालतबाट दिन–५ (पाँच) म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्