प्रदेश समाचार

साढे ७८ लाख भन्दा बढीको सामान सहित ट्रक बारा प्रहरीको नियन्त्रणमा

५ श्रावण २०८१, शनिबार १२:२२

वीरगन्ज, ५ साउन । बारा प्रहरीले साढे ७८ लाख भन्दा बढीको स्रोत खुलाउन नसकेको सामान सहित एउटा ट्रक नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलिले जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.१ पथलैया चौकबाट ना ८ ख ७२४१ नम्बरको डिब्बामा रहेको ७८ लाख ६४ हजार ६ सय ७७ रूपैया बराबरको समान सहित ट्रक नियन्त्रणमा लिएको हो ।

विल भरपाई भन्दा बढीको सामान लोड गरेको मोबिल, कपडा, अटो पार्ट्स र अन्य खुद्रा समानको स्रोत खुलाउन नसकेपछि प्रहरीले नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ ।

वीरगन्जबाट काठमाडौंका लागि लोड गरेर गईरहेको ट्रकलाई रोकी चेक जाँच गर्दा बिल भर्पाई भन्दा बढी सामान लोड रहेको पाईएकोले आवश्यक कारवाहीको लागी आन्तरिक राजश्व कार्यालय पथलैया, बारामा पठाईएको जिल्ल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्