मधेस

बाराको पथलैयाबाट २६ केजी लागू औषध गाँजा सहित दुईजना पक्राउ

५ श्रावण २०८१, शनिबार १२:५२

वीरगञ्ज ,५ साउन। बारा प्रहरीले २६ केजी प्रतिबन्धित लागू औषध गाँजा सहित दुईजनलाई पक्राउ गरेको छ ।

हेटौडाबाट वीरगञ्ज तर्फआउदै गरेको बा ४ च ५२७ नम्बरको कारलाई पथलैया प्रहरी चौकीकै प्रहरी टोलीले पथलैया चौक मै रोकेर चेक जाँच गर्दा कारको सिट मुनि लुकाई छिपाई ल्याएको २६ केजी लागू औषध गाँजा वरामद गरेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो । प्र

हरीले कार चालक भारतको बिहार राज्य, सुमौली बस्ने वर्ष ३० को दिपक चन्द्र देव र कारमा सवार मकवानपुर राक्सिराङ गाउँगाउँपालिका–२ बस्ने वर्ष २८ को अन्जन शाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गाँजा बोकेको कार सहित नियन्त्रणमा लिएका दुवैजनालाई ईलाका प्रहरी कार्यालय सिमरा बाराबाट लागू औषध मुद्दा दर्ता गरी जिल्ला अदालत बारा, कलैयाबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्