राजनीति

जहाज दुर्घटनाबारे उड्डयन प्राधिकरणसँग प्रधानमन्त्री ओलीले लिए ब्रिफिङ

९ श्रावण २०८१, बुधबार १५:१८

काठमाडौँ,९ साउन । सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रिफिङ लिएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित नागरिक उड्डयन प्राधिकरणको उद्धार समन्वय केन्द्रमा पुगेर ब्रिफिङ लिएका हुन् । त्यसअघि दुर्घटनास्थल पुगेर निरीक्षण गरेका थिए ।

प्रधानमन्त्रीसँग गृह मन्त्री रमेश लेखक पनि निरीक्षणमा पुगेका थिए । उनले घटनास्थल निरीक्षणपछि दुर्घटनाबारे विस्तृत छानबिन गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्