राजनीति

प्रचण्डले बोलाएको सर्वदलीय बैठक स्थगित

१३ आश्विन २०८१, आईतवार १०:२६

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको सर्वदलीय बैठक स्थगित गरिएको छ ।
अध्यक्ष प्रचण्डले अविरल वर्षा, बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न भन्दै आज बिहान १० बजे सिंहदरबारस्थित कार्यालयमा सर्वदलीय बैठक बोलाउनु भएको थियो ।

नेपाल सरकारले पहल लिन ढिलाइ गरेको अवस्थामा प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले अध्यक्ष प्रचण्डले शनिबार राति नै सर्वदलीय बैठक आह्वान गर्नुभएको थियो ।

तर, अब सरकारले पनि सर्वदलीय बैठक बोलाएकाले छुट्टै बैठक गरिरहन आवश्यक नदेखेर स्थगित गरिएको उनको सचिवालयले जनाएको छ ।

आजै दिउँसो १ बजे कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले पनि सर्वदलीय बैठक बोलाउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्