मधेस

पर्सा प्रहरीले बरामद गरेको १२ लाख ३ हजार मूल्य बराबरकाे सामान वीरगञ्ज भन्सार कार्यालयमा बुझायाे

१३ आश्विन २०८१, आईतवार १७:५७

वीरगञ्ज ,१३ असोज ।  जिल्ला प्रहरी कार्यालय पर्साले बरामद गरेकाे भन्सार छलीका लत्ताकपडा तथा खद्यान्न मालवस्तुहरु कारबाहीका लागि भन्सार कार्यालय बुझाएको छ ।

जिल्लाको विभिन्न ठाउँबाट प्रहरीले बरामद गरेकाे भन्सार छलीका १२ लाख भन्दा बढीका सामानहरु आइतबार अबेर कारबाहीका लागि बीरगन्ज भन्सार कार्यालयमा बुझाएको हो । प्रहरीले गरेको जाँचकाे क्रममा बीरगन्जको विभिन्न ठाउँबाट १२ लाख ३ हजार मूल्य बराबरको लत्ताकपडा तथा खद्यान्न मालवस्तुहरु बरामद गरेको थियो ।

भन्सार पास गरेको कागजात फेला नपरेपछि पर्सा प्रहरीले थप कारबाहीका लागि भन्सार कार्यालय पठाएको प्रहरी प्रवक्ता दीपक भारतीले बताए । प्रहरीको विशेष टोलीले भन्सार छलीका सामान बरामद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्