राजनीति

प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्दै

१५ आश्विन २०८१, मंगलवार १२:३०

काठमाडौं ,१५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्ने भएका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलन गर्न लागिएको हो ।

संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी भएर सोमबार स्वदेश फर्किएका प्रधानमन्त्रीले मुलुकमा पछिल्लो समय आइपरेको बाढीपहिरो र डुबानको प्रकोपका बारेमा सरकारले अघि सार्ने कार्ययोजनाबारे जानकारी गराउने छन् ।

यस्तै, प्रधानमन्त्रीले महासभामा भएको सहभागिताले प्राप्त उपलब्धिका बारेमा पनि जानकारी गराउने बुझिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्