आर्थिक

सुनको मूल्य घट्यो, आज कतिमा हुदैँछ कारोबार ?

२० आश्विन २०८१, आईतवार १२:०५

काठमाडौँ,२० असोज । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा ३०० रुपैयाँले घटेर १ लाख ६१ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार तोलामा १ लाख ६१ हजार ३०० रुपैयाँमा कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य बढेको छ । शुक्रबार तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज बढेर १ हजार ९८५ रुपैयाँ कायम भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्