समाचार

दाजुको हातबाट लगाए राष्ट्रपति पौडेलले विजयादशमीको टीका

२६ आश्विन २०८१, शनिबार १४:०२

काठमाडौं,२६ असोज। राष्ट्रपति रामचन्द्र पौडेलले ९४ वर्षीय दाजु डुण्डीराज पौडेलबाट विजयादशमीको टीका, प्रसाद, जमरा र आशीर्वाद ग्रहण गरेका छन् । सोही अवसरमा उनले गुरु पुरोहितबाट पनि टीका, जमरा र प्रसाद ग्रहण गरे ।

राष्ट्रपति पौडेलले शीतल निवासमा शनिबार बिहान शुभसाइत ११ बजेर ३६ मिनेटमा टीका र जमरा ग्रहण गरेको उनको स्वकीय सचिवालयले जनाएको छ । । उनले आफूले टीका ग्रहण गरेपछि प्रथम महिला सविता पौडेलसहित परिवारका सदस्यलाई पनि टीका र जमरा लगाइदिए

विजयादशमीका उपलक्ष्यमा उनले अपराह्नराष्ट्रपति पौडेलले ३ बजे देखि ३:३० बजेसम्म विशिष्ट व्यक्तित्व तथा र ३: ३० बजेदेखि ५ बजेसम्म सर्वसाधारणलाई टीका र लगाइदिने कार्यक्रम छ।

उनले दिउँसो ३ बजेदेखि ३:३० बजेसम्म सम्माननीय, उपप्रधानमन्त्री, प्रदेश प्रमुख, मन्त्री, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारीलगायत विशिष्ट व्यक्तिलाई राष्ट्रपति भवनमा टीका र जमरा लगाइदिने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस्