राजनीति

यो वर्ष छैन राजनीतिक दलहरूको चियापान

२८ आश्विन २०८१, सोमबार १२:३१

काठमाडौं,२८ असोज । प्रमुख राजनीतिक दलले यो वर्ष दशैँ, तिहार, छठ र नेपाल संवतका अवसरमा चियापान कार्यक्रम नगर्ने भएका छन्।

दशैँको मुखमा आएको प्राकृतिक विपत्तिका कारण धनजनको क्षति भएकाले प्रमुख दलहरुले चियापान कार्यक्रम नगर्ने भएका हुन्। राजनीतिक जमघटको रूपमा लिइने चियापान र शुभकामना आदानप्रदान कार्यक्रम यो वर्ष सबै दलले स्थगन गरेका छन्।

नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी, र एकीकृत समाजवादी पार्टीले बाढीपहिरो पीडितलाई थप पीडा हुने गरी औपचारिकरूपमा दशैँ शुभकामना कार्यक्रम नगर्न नेताकार्यकर्तालाई निर्देशन समेत दिएका छन् ।

विगतमा केन्द्रदेखि जिल्ला तहसम्म तामझामका साथ शुभकामना कार्यक्रम गर्न दलहरुबीच प्रतिस्पर्धा हुने गरेकोमा यो वर्ष जिल्ला र स्थानीय तहमा त्यस्ता औपचारिक कार्यक्रम रोकिएका छन्।

 

प्रतिक्रिया दिनुहोस्