मधेस

बाराको त्रिवेणीमा फेलाको शव वीरगञ्ज छपकैयाका विरेन्द्र साह सोनारको रहेको पुष्टी

१ कार्तिक २०८१, बिहीबार १३:४२

वीरगञ्ज ,१ कात्तिक। बाराको प्रसौनी गाउँपालिका वडा नम्बर १ गण्डक नहर जोड्ने त्रिवेणी पुल नजिक फेला परेको शवको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाका अनुसार मृत अवस्थामा फेला परेको पुरुष वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका विरेन्द्र साह सोनारको रहेको छ ।
शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा लगिएको प्रहरी नायव उपरीक्षक सापकोटाले जानकारी दिनुभयो ।

साहको हत्या गरिएको हो उहाँ अन्य केही कारणले मृत्यु भएको हो भन्ने विषयमा भने प्रहरीले अनुसन्धान शुरु गरेको प्रहरी नायव उपरीक्षक सापकोटाले बताउनुभयो ।

आज बिहान हिँडडुल गर्न निस्केका स्थानियले नहर छेउमा शव देखेर प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यालय प्रसौनीको प्रहरी टोली शव परेको स्थलमा पुगेर शवको पहिचान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्