मधेस

जफर अन्सारीलाई कारावही गर्न विश्व हिन्दु परिषद नेपालको माग

४ कार्तिक २०८१, आईतवार १७:३२

वीरगञ्ज ,४ कात्तिक। वीरगञ्जमा हिन्दू धार्मिक ¥याली र रथयात्रालाई अराजक भनेर गैरजिम्मेवार बक्त्ब्य दिने जफर अन्सारीलाई कारवाही गर्न विश्व हिन्दु परिषद नेपालले माग गरेको छ ।

वीरगञ्जको टाउन हलमा आयोजित नेपाल मुस्लिम संघको कार्यक्रममा अन्सारीले बीरगंजमा निकालिने हिन्दू धार्मिक ¥याली र रथयात्रालाई अराजक भनेर असहिष्णु वक्तव्य दिएको भन्दै उनलाई कारवाही गर्न माग गरेको हो । परिषदले उनलाई कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाएका छन् ।

विश्व हिन्दु परिषद नेपाल पर्साका अध्यक्ष ब्रिजेशवर कुमार मल्लिकद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा अन्सारीको वक्तव्यले समाजमा धार्मिक वैमनस्यता, द्वन्द्व र विखण्डन ल्याउने खतरा रहेकोले यस्ता व्यक्तिलाई कानूनी दायरामा ल्याउन ढिलाई गर्न नहुने भनिएको छ ।

कुनैपनि धर्म र सम्प्रदायको अपमानित गर्ने अभिव्यक्ति दिएर साम्प्रदायिक सदभाव बिगार्नेलाई राज्यले तुरुन्तै कारवाही गर्नुपर्ने माग गर्दै पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । यस्ता घटनाले धार्मिक स्वतन्त्रता र सहिष्णुतामा गम्भीर खलल पु¥याएकोले यसको समाधान गर्न बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्ता घटनाले समाजमा ठूलो धार्मिक तनाव, अशान्ति र हिन्दू समुदायमा विद्रोहको भावना जन्माउने भएकाले त्यसको सम्पूर्ण जिम्मेवारी प्रशासनले लिनुपर्ने बिज्ञप्तिमा जनाइएको छ ।साथै सम्पूर्ण हिन्दू समाज, विश्व हिन्दू परिषद् लगायतका धार्मिक समूहहरूलाई एकत्रित गर्दै जफर अन्सारीविरुद्ध कानुनी कारबाही नगरेको खण्डमा आन्दोलनका थप चरणहरू सुरु गर्ने चेतावनी समेत परिषदले बिज्ञप्तिमार्फत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्