मधेस

जफर अन्सारीलाई कारावही गर्न नेपाल जनता पार्टीको माग

६ कार्तिक २०८१, मंगलवार १६:२५

४ कात्तिक,वीरगञ्ज । वीरगञ्ज छपकैया निवासी जफर अन्सारीलाई कारवाहीको माँग गर्दै नेपाल जनता पार्टीले पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।

मँगलबार पार्टीको पर्सा जिल्ला समितिले अन्सारीले नेपाली काग्रेस निकट नेपाल मुस्लिम संघ पर्साको कार्यक्रममा उत्तेजित एवम् हिन्दु आस्थालाई अपमानित गर्ने कार्य गरेको आरोप लगाउदै कारवाहीको माँग गरेको हो ।

समाजमा विखण्डन ल्याउने, समाज विभाजित गर्ने कार्य कसैबाट नहोस् भनि ज्ञापन पत्रमा ध्यानाकर्षण समेत भएको जनाइएको छ । ९४% सनातन धर्म मानिने हाम्रो देशमा जब–जब हिन्दू समाजको कार्यक्रम हुन्छ, तब–तब हिन्दू माथि नै आक्रमण र कुठाराघात हुने गरेको पाईएको पार्टीले जनाएको छ ।

धर्म–निरपेक्ष शब्दको आडमा हिन्दूहरुको आस्था माथि खेलवाडको कार्य भईरहेकोले त्यसप्रति पार्टीले ज्ञापन पत्रमार्फत चिन्ता ब्यक्त गरेको छ ।

दोषीलाई कारवाही नगरे संघर्षका कार्य गर्न पार्टी बाध्य हुने पनि ज्ञापन पत्रमार्फत चेतावनी दिइएको छ । पार्टीका पर्सा अध्यक्ष अनिल कुर्मीÞद्वारा हस्ताक्षरित ज्ञापन पत्र गृह मन्त्रालय,मधेश प्रदेश गृह मन्त्रालय, जनकपुरधाम रजिल्ला प्रहरी कार्यालय पर्सालाई बोधार्थ गरि प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई बुझाइएको हो ।

 

प्रतिक्रिया दिनुहोस्