आर्थिक

सुनको मूल्यमा लगातार नयाँ किर्तिमान, तोलाको कति पुग्यो ?

७ कार्तिक २०८१, बुधबार ११:५०

काठमाडौं ,७ कात्तिक। नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाउने क्रम आज पनि जारी रह्यो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोल ८ सय रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो । मंगलबार सुन प्रतितोला एक लाख ६५ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर दुईहजार १३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्