राजनीति

‘प्रचण्ड’सहित विपक्षी दलका नेताहरू राष्ट्रपति कार्यालयमा

७ कार्तिक २०८१, बुधबार १७:०२

काठमाडौँ,७ कात्तिक । सरकारका कामकारबाहीबारे ध्यानाकर्षण गराउन राष्ट्रपति रामचन्द्र पौडेलको निवास शीतल निवासमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित विपक्षी दलका नेताहरू पुगेका छन् ।

सरकारका कामकारबाहीबारे असन्तुष्ट रहेका विपक्षी दलले राष्ट्रपति पौडेल समक्ष ध्यानाकर्षण गराउँदै छन् ।यसअघि माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी पार्टी र आम जनता पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस्