राजनीति

रवि र छविलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइयो

८ कार्तिक २०८१, बिहीबार ११:१८

काठमाडौँ,८ कात्तिक । सूर्यदर्शन सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

कात्तिक २ गते पक्राउ गरी पोखरा पु¥याइएका लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।

पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको अभियोगमा उनलाई सहकारी ठगी तथा संगठित अपराधको मुद्दा लगाइएको छ । सोही मुद्दामा पहिलो पटक दिइएको म्याद सकिएपछि प्रहरीले आज फेरि उनलाई अदालतमा उपस्थित गराइएको हो ।

यस्तै, गत असोज ६ गते नै पक्राउ गरेर पोखरा ल्याइएका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डिआइजी छविलाल जोशीलाई पनि आजै अदालतमा उपस्थित गराइएको हो ।

प्रतिक्रिया दिनुहोस्