आर्थिक

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुदैछ कारोबार ?

८ कार्तिक २०८१, बिहीबार ११:३९

काठमाडौँ,८ कात्तिक। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेर एक लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार ९हिजो० छापावाल सुन प्रतितोला एक लाख ६६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ४० रुपैयाँले घटेर प्रतितोला २ हजार ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बुधबार चाँदी प्रतितोला २ हजार १३५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्