समाचार

उमेशचन्द्र ठाकुरद्वारा लिखित ‘अर्थतन्त्रका आयाम’ पुस्तक सार्वजनिक

८ कार्तिक २०८१, बिहीबार १७:०७

वीरगञ्ज,८ कात्तिक । आर्थिक विषयमा प्रकाशित पुस्तक ‘अर्थतन्त्रका आयाम’ आज सार्वजनिक गरिएको छ ।
लामो समयदेखि औद्योगिक प्रतिष्ठानमा कार्यरत रही सकेका उमेचन्द्र ठाकुरले लेख्नुभएको पुस्तक ‘अर्थतन्त्रका आयाम’ आज सार्वजनिक गरिएको हो ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मा रहेको ठाकुरको आफ्नै निवासमा उहाँले पुस्तक सार्वजनिक गर्नुभएको हो । चारदशक भन्दा लामो समयदेखि आर्थिक विषयमा लेख्दै आउनु भएका ठाकुरले अहिलेसम्म लेख्नुभएको लेखहरुलाई एउटा पुस्तकमा समेटेर तयार गरीएको बताए ।

पञ्चायतकालदेखि प्रजातन्त्र पुर्नस्थापना र गणतन्त्र व्यावस्थासम्म अर्थतन्त्रमा देखिएका समस्या चुनौती र समाधानका उपायहरु औद्योगिक क्षेत्रमा श्रमसम्बन्धका विषय, राज्यको कर नीतिहरु, आयात निर्यातका नीतिहरु लगायत समग्र अर्थतन्त्रको विषयमा लेखिएको लेखहरुको संग्रह गरेर पुस्तक प्रकाशित गरिएको ठाकुरले बताए ।

ठाकुरसँग नेपालका धेरै औद्योगिक प्रतिष्ठानको उद्योग व्यावस्थापन तहमा रहेर काम गरेको पूरानो अनुभवका साथै व्यावस्थापन तहमा रहेर काम गरेको लामो अनुभव छ । उनले व्यावस्थापन तहमा रहँदा देखिएका देशको आर्थिक समस्या, औद्योगिक समस्या, श्रमको समस्याहरुको बारेमा आफूले देखेका, भोगेका समस्याहरुको विषयमा लेखिएको लेखहरुलाई नै संग्रहित गरेर पुस्तकमा समावेश गरिएको बताए ।

पुस्तकको सम्पादन तथा संयोजन पत्रकार ओमप्रकाश खनालले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्